सिटिवानको दोस्रो तीजगीत प्रतियोगिता, विजेताले ५० हजार पुरस्कार पाउने
टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक
पाेखरा | भदौ २६, २०८०
पोखरा: सिटीवान टेलिभिजनले आयोजना गर्न लागेको दोस्रो खुल्ला तीजगीत प्रतियोगिता–२०८० को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ ।
‘तीजको वेला सिटीवानको साँस्कृतीक मेला’ भन्ने मूल नारासहित सिटिवान टेलिभिजनले आयोजना गर्न लागेको दोश्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८० को लागी बैँकले प्रायोजन गरेको हो ।
यहि भाद्र ३० र ३१ पोखरा उद्योग वाणिज्य संघमा आयोजना हुने प्रतियोगितामा साँस्कृतिक महत्व, कला, महिला हिसां, पर्यटन प्रर्बदन, सामाजिक क्षेत्र,सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुब्र्यसनी, विपद व्यवस्थापनसँग सम्बन्धित गीतहरु गाउन पाइने टेलिभीजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले बताइन ।
प्रतियोगितामा पहिलो दोस्रो तेस्रो हुने समुहलाई क्रमश ५० हजार र प्रमाणपत्र, ३० हजार २० हजार सान्त्वनालाई नगद १० हजार र प्रमाणपत्र दिइने श्रेष्ठले बताइन् । प्रतियोगितामा उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यलाई नगद रु ५ हजार र प्रमाणपत्र रहेको छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

